पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन। यसैक्रममा चर्चित गायिका सबिता परियारको 'सुर्ती च्यापेर' बोलको गीत सार्वजनिक भएको छ। यति बेला सुर्ती च्यापेर गीतले चर्चा बटुल्ने क्रममा रहेको छ। गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन।
केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन। गीतमा गीतकार एबम गायक खेमराज गौतम र गायिका सबिता परियारको सुमधुर आवाज रहेको छ। भिडियोमा अतिथिको रुपमा पछिल्लो समयामा अत्यन्तै मन पराइएको कलाकार तथा बहुचर्चित लोकप्रिय गायक श्याम राना, बालचन्द्र बराल र रत्न श्रेष्ठ छन् भने शरद एलजी, आरति परियार र अश्मिता रानाको दमदार अभिनय रहेको छ। सबिता परियारको शब्द रहेको र खेमराज गौतमको लय रहेको गीत सबिता परियार युट्युब च्यानलबाट बजारमा आएको छ।
साबिता परियारको नयाँ गीत 'सुर्ती च्यापेर'को सन्दर्भमा कलाकार श्याम राना संग गरिएको अन्तररङ्ग कुराकानिको छोटो क्लिप यहां छ।
https://bit.ly/3tKJk5g

